Loktantra Khabar National Weekly
Ad

सरकारी कागजात चोरी आरोपमा २ जना पक्राउ

लोकतन्त्र खबर
१४ चैत्र २०८०

काठमाडौं  चैत १४, सरकारी कागजात चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–९ का २८ वर्षीय सुबिर थापा मगर र सोही ठाउँका २९ वर्षीय सरोज थापा मगर छन् ।

गत सोमबार दिउँसो साढे ३ बजेतिर पोखरा महानगरपालिका–८ नयाँबजारस्थित पाखेरा महानगरको स्टोरको रुपमा रहेका भवनको ताल्चा फोडेर महमानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेको आरोप उनीहरुमाथि छ ।

चोरी भएका नक्साका २९ वटा फाइलसहित उनीहरुलाई पक्राउ गरी चोरी सम्बन्धीको कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता सूर्यबहादुर रानाले बताए । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: