Loktantra Khabar National Weekly
Ad

सुष्मा लामा हत्या प्रकरण: अभियुक्त काठमाडौंबाट पक्राउ

लोकतन्त्र खबर
४ चैत्र २०८०

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरमाथि शिवपुरी राष्‍ट्रिय निकुञ्ज जंगलमा गाडेको अवस्थामा १८ वर्षीया सुष्मा लामाको शव फेला पर्‍यो।

शरीरको भाग गाडिएको र हात मात्रै देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले फागुन २५ गते शव खाल्डोबाट निकालेको थियो।

मृतक गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ की लामा रहेको खुलेको थियो। उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन्। उनी हराएको भन्दै आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए।

लामाको हत्या आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले गोकर्णेश्वर नगरपालिका ३ का २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

रूपेन्द्रले सुष्मासँग आफ्नो एकतर्फी प्रेम रहेको बयान प्रहरीसमक्ष दिएका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: