Loktantra Khabar National Weekly
Ad

स्वास्थ्य मन्त्रीबारे आपत्तिजनक पम्पलेट टाँसेको आरोपमा दुई जना पक्राउ

लोकतन्त्र खबर
१ चैत्र २०८०

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको बारेमा आपत्तिजनक कुराहरू लेख्दै जनकपुरका विभिन्न ठाउँमा पर्चा पम्पलेट टाँसेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुकुर बाँधेको डोरी समाएको र कुकुरको टाउकोको ठाउँमा उपप्रधानमन्त्री यादवको तस्बिर जोडेर पम्पलेट टाँसेको घटनामा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका—७ बस्ने पंकज झा र वडा नम्बर १ बस्ने मनिष पूर्वे रहेका छन्।

आपत्तिजनक पोष्टर टाँसिएको पाइएपछि खोज तलासको क्रममा उनीहरूलाई बुधबार राति पक्राउ गरेको उनले बताए। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: