Loktantra Khabar National Weekly
Ad

कोटेश्वर दुर्घटनामा घाइते भएका ट्राफिक प्रहरीको उपचार क्रममा मृत्यु

लोकतन्त्र खबर
२८ फाल्गुन २०८०

काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ।

कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई फागुन २० गते प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको थियो।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

खत्रीको आइसियूमा उपचार हुँदै आएको थियो।

शव आफन्तलाई बुझाइसकेको एसएसपी श्रेष्ठले बताए। उनको दाहासंस्कार सर्लाहीमा हुनेछ। प्रहरीले बसका चालक नवराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: