Loktantra Khabar National Weekly
Ad

महाशिवरात्रिका लागि पशुपति आइपुगे बाबाहरू

लोकतन्त्र खबर
२३ फाल्गुन २०८०

काठमाडौंस्थित पशुपति नाथ मन्दिर परिसरमा बाबाहरूको चहलपहल सुरू भएको छ।

बुधबार बिहान पशुपति नाथ मन्दिरमा बाबाहरू आइपुगेका हुन्। उनीहरू लामबद्ध भएर मन्दिरमा प्रवेश गरेका थिए। आउँदो शुक्रबार महाशिवरात्रि छ।

भगवान् शिवको प्रमुख पर्व मानिने महाशिवरात्रि मनाउन नेपालका विभिन्न भूभागसहित छिमेकी मुलुक भारतबाट बाबाहरू आउने गर्दछन्।

पर्व सकिएपछि भारतबाट आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले ससम्मान दानदक्षिणासहित बिदा गर्ने परम्परा छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: