Loktantra Khabar National Weekly
Ad

चकलेट दिएर नाबालिगलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

लोकतन्त्र खबर
२१ फाल्गुन २०८०

काठमाडौं  फागुन २१, काठमाडौंको गोकर्णेश्वर–९, शिवपुरी चोकमा नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख स्थायी घर भइ गोकर्णेश्वरमा डेरा गरी बस्दै आएका २३ वर्षीय आर्यन भन्ने राजन सुनार छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, पीडितले केही दिनदेखि पिसाब फेर्न भएर रुन थालेपछि आमाले घटनाबारे थाहा पाएकी थिइन् ।

२२ माघमा उपचारका लागि नजिकै रहेको मेडिकलमा लैजाँदा चिकित्सकहरुले समेत शंकास्पद रहेको बताएको जाहेरीमा उल्लेख छ । त्यसपछि छोरीलाई फकाएर सोधपुछ गर्दा छोरीले १२ पुसमा फूपूको साथी पर्ने आर्यनले आएर जबरजस्ती करणी गरेको बताएको उनले जाहेरीमा भनेकी छन् ।

‘मलाई चक्लेट दिन्छु भनेर शौचालयमा लगेर शरीरको … गर्नुभयो र त्यसपछि लुगा लगाएर फेरि कोठामा राखेर कसैलाई नभन्न भन्नुभएको थियो’, पीडितले भनेकी छन् ।

‘आर्यन दादा कोठामा आएपछि फूपू चटपटे किन्ने पसलमा जानुभएको थियो, त्यतिबेला म शौचालयमा गएको थिएँ’, उनले भनेकी छन्, ‘त्यतिबेला दादा करणी गर्नुभएको हो ।’

आरोपीले आर्यनले भने प्रहरीसँग इन्कारी बयान दिएका छन् । पीडितको स्वास्थ्य जाँच परीक्षणमा भने संवेदनशील अंगमा घाउ देखिएको छ ।

प्रहरीले यो विषयमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: