Loktantra Khabar National Weekly
Ad

उपकुलपतिमा विवादित व्यक्तिको नाम सर्टलिष्टमा राखेको भन्दै शिक्षा समितिको ध्यानाकर्षण

लोकतन्त्र खबर
२९ माघ २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बौद्धिक चोरी, सूचना लुकाएको, भ्रष्टाचारको आरोप लागेका व्यक्ती पनि सर्च लिस्टमा परेपछि संसद्को शिक्षा स्वास्थ्य तथा प्रविधि समितिले कुलपति र सहकुलपतिलाई ध्यानाकर्षण गराएको छ।

समितिको सोमबार बसेको बैठकले बौद्धिक चोरीको आरोप लागेका तीर्थ खनिया , सूचना लुकाएको आरोप लागेका कार्यवाहक शिवलाल भुसाल र भ्रष्टाचारमा केसरसंज बराल मुछिएको आरोप लागेपछि विशेष ध्यान दिन समितिले भनेको हो ।

‘बौद्धिक चोरी, भ्रष्टाचार  र सूचना लुकाएको हुँदा विशेष ध्यान दिन ध्यानाकर्षण गराएका छौँ,’ समिति सभापति भानुभक्त जोशीले भने ।

कार्यवाहक उपकुलपति शिवलाल भुसालले जथाभाबी सरुवा बढुवा गरेको विषयमा समितिले छानबिन गर्न शिक्षा मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । यो विषयमा समिति सदस्यहरूले ध्यानाकर्षण गराएका थिए। उनीहरूले मेरिटोक्रेसी कायम गर्ने नाममा विवादमा परेका व्यक्तिहरूलाइ सर्टलिष्टमा नाम राखेको भन्दै विरोध जनाएका थिए। रातोपाटी संवाददाता

 

 

प्रतिक्रिया दिनुहोस्: