Loktantra Khabar National Weekly
Ad

छोरीसँग देखेपछि आफन्तले गरे युवकको हत्या, तीन जना पक्राउ

लोकतन्त्र खबर
२९ माघ २०८०

दोलखामा छोरीको साथमा देखेपछि आफन्तले एक युवकको हत्या गरेका छन्।

शैलुङ गाउँपालिका-४ का १८ वर्षीय भीष्म भण्डारीको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिए।

हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शैलुङ गाउँपालिका-५ का पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपाली छन्। जिल्ला प्रहरी कार्यालय आइतबार घटनाबारे सार्वजनिक गरेको हो।

डिएसपी खड्काका अनुसार पुस ११ गते इश्वरकी छोरी र भीष्‍मसँगै फेला परेका थिए। भीष्मको शव पुस १६ गते शैलुङ गाउँपालिका-५ मा फेला परेको थियो।

अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई माघ ७ र ८ गते नै पक्राउ गरेको थियो। तर अहिलेमात्रै घटना सार्वजनिक गरेको हो।

पक्राउ परेका तीन जनाले भीष्मको हत्या गरेको बयान दिइसकेका छन्।

प्रहरीका अनुसार भीष्म र नाबालिकाबीच पुस १ गतेमात्रै चिनजान भएको थियो। त्यहीबीच पुस १० गते नाबालिका घरमा एक्लै हुँदा भीष्म पनि त्यहाँ पुगेका थिए।

घर-परिवारले भीष्मलाई देखेपछि खुकुरी प्रहार गरी हत्या गरेको खुलेको हो। ढाडमा खुकुरी प्रहार गरी बेहोस भएपछि घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेको हो।

परिवारले मापसे गरेको र आवेगमा आएर हत्या गरेको बयान दिएका छन्।

पुस्कर नेपाली नाबालिकाको बुबा हुन्, भने इश्वर ठूलोबुबा र विशाल दाइ पर्छन्।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: