Loktantra Khabar National Weekly
Ad

सोसल मिडियाबाट भ्रामक प्रचारवाजी गर्ने बिरुद्ध कौडेना गा.पा. अध्यक्षको मुहतोड जवाफ

लोकतन्त्र खबर
७ कार्तिक २०८१

बखतियार अलि–
सर्लाही ०७ कार्तिक । सोसल मिडिया फेसबुकको गलत प्रयोग गरि कौडेना गाँउपािलका बिरुद्ध भ्रामक तथ्यबिहिन प्रचारबाजी गरेको व्यतिmहरुलाई कौडेना गाँउपालिका अध्यक्ष रुपेश कुमार यादवले बुधवार पत्रकार सम्मेलन गरेर मुहतोड जवाफ दिएको छ ।

 

केहि व्यतmीहरुले अनाधिकृत रुपमा महालेखापरिक्षक नियन्त्रण कार्यालयको आ.व. २०८०र०८१ को प्रतिवेदनलाई नेटबाट लिएर सोसल मिडिया फेसबुकबाट सम्पुर्ण गाँउपालिकालाई बदनाम गर्ने नियतले शैद्धान्तिक बेरुजुलाई भ्रष्टाचार भएको भन्दै प्रचार गरेको छ । कौडेना गाँउपालिकाका आम जनतालाई दुषप्रचार गरेर भडकाउन खोजेको गा.पा. अध्यक्ष यादवले आरोप लगाउनु भयो ।

 

राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तरगतका बजेट यस पालिकामा रहेको सामुदायिक बिधालयहरुलाई पेश्कि दिएको रकमलाई लेखापरिक्षक प्रतिवेदनले कागज र आवश्यक दस्तावेजको कमि देखाएर बेरुजु औलाएरको छ ।

 

उक्त रकमलाई लागत कायम गरिएको हो । हामिले शैक्षिक संस्थाहरुलाई पत्र काटेर काम नभएको रकम फिर्ता गर्न निर्देशन गरि सकेकोले उक्त रकम जम्मा हुने बितिकै बेरुजु रकम आफै फर्छयौट हुनेछ । यसै कुराहरुलाई सोसल मिडिया फेसबुकबाट दुष प्रचार गरेर भ्रष्टाचार भएको भन्दै पालिकाको जनतामा गलत प्रचार गरि सम्पुर्ण पालिकाको चरित्रहत्या गर्न खोज्ने व्यतिmहरुलाई गा.पा. अध्यक्ष यादवले खुला चुनौती दिनुभयो ।

 

सोसल मिडिया फेसबुकमा जथाभावी लेखेर केहि हुदैन यदि सकछौ भने भ्रष्टाचार भएको कुरा प्रमाणित गरेर देखाउ १ रुपैया पनि भ्रष्टाचार गरेको वा भएको प्रमाणित भए आफु सोही बेला, सोही समयबाट अध्यक्ष पदबाट राजिनामा दिने गा.पा. अध्यक्ष यादवले घोषणा समेत गर्नुभयो ।

 

पत्रकार सम्मेलनमा कौडेना गाँउपालिकाका उपाध्यक्ष नगिना देवी, प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव राय लगायत ७ वटै वडाका वडाअध्यक्ष स्थानीयवासी र संचारकर्मीहरुको उपस्थिती रहेको थियो । अध्यक्ष यादवले गएको दुईवर्षमै कौडेना गाँउपालिकाका जनता संग गरेको वाचाहरु पुरा गरेकोले बिरोधीहरुले सहन गर्न नसकेर बिना जानकारी पालिकालाई बदनाम गर्न खोजेको कार्यक्रमा सहभागि स्थानीयहरुले बताएका थिए ।

 

कार्यक्रमा लेखापाल हरिनारायण साहले बितिय समानीकरण र सुधारका सुचकलाई बुरुजु औल्याएको कुरालाई जानकरी बिना भ्रष्टाचार भएको भन्नु गलत रहेको उनको तर्क थियो । धेरै योजनाहरुमा लागत स्टिमेट र कागजातको कमि भएपछि लेखापरिक्षकले बेरुजु औल्याएको हुन्छ । यधपी यस्तो बेरुजु रकमलाई बिल भर्पाइ र कागजात पुरा भएपछि बेरुजु लेखिएको कुरा फर्छयौट भएर जान्छन ।

 

सोसल मिडिया फेसबुकमा बेरुजु रकमलाई भ्रष्टाचार भएको भन्नु सरासर गलत रहेको वहाले दाबी गर्नुभयो । कुनैपनि योजना र कार्यक्रम संचालन भएपछि पेश्कि रकम दिनुपर्ने हुन्छ । काम सम्पन्न भएपछि सम्पुर्ण कागजातहरु सहि छन । सो योजनाको स्थलगत अनुगमन पश्चात मात्र भुक्तानी हुन्छ । कानुनले मागे अनुसारको कागजात दिन ढिलाई भएपनि बेरुजु आउन सकछ । पेश्कि फर्छयौट नभएपनि लेखापरिक्षकले बेरुजु औल्यान सकछ ।

 

यस कुरालाई भ्रष्टाचार भन्नु कदापी उचित नरहेको लेखापाल साहको भनाई थियो । सोसल मिडिया फेसबुकमा लेखापरिक्षकको प्रतिवेदनलाई सेयर गर्नु आफैमा गलत हो । यस्ता कुरा गर्ने व्यतिmहरु जानकारीको आभावले पनि यस्तो भनेको हुन सकछ । कुनै पनि बिषयमा चित नबुझे कार्यालयमा आएर जानकारी लिन हुन लेखापाल साहले सम्बन्धित सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: