Loktantra Khabar National Weekly
Ad

पूर्वाञ्चल विश्वविद्यालयद्वारा उपकुलपतिका लागि आवेदन आह्वान

लोकतन्त्र खबर
२३ माघ २०८०

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।  उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त माग गरेको हो ।

समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख गरेको छ ।

योग्य व्यक्तिले १५ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समयमा दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: