Loktantra Khabar National Weekly
Ad

नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको घटनाबारे प्रमुख प्रशासकीय अधिकृतले गरे सोधपुछ

लोकतन्त्र खबर
१७ फाल्गुन २०८०

काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको घटनाबारे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सोधपुछ गरेका छन्।

बिहीबार बिहान परियारले महानगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई बोलाएर घटनाबारे सोधपुछ गरेका हुन्।

बिहीबार राति सुन्धारामा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच झडप भएको थियो। झडपको क्रममा ११ जना घाइते समेत भएका छन्।

व्यवसायीले महानगर प्रहरीमाथि ढुंगा प्रहार गरेपछि बल प्रयोग गरेको पाण्डेले बताए।

‘घटनाबारे बिहान बोलाएर सोधपुछ गर्नुभयो। घटना प्रतिरक्षा गर्नेक्रममा भएको हो। सुरूमा व्यवसायीले ढुंगा प्रहार गरेपछि लाठी चार्ज भएको हो,’ पाण्डेले सेतोपाटीसँग भने।

महानगर प्रहरीले व्यवसायीमाथि निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसपछि महानगर प्रहरीको आलोचना भइरहेको हो।

यसबारे प्रमुख प्रशासकीय अधिकृत परियारले भने कुनै प्रतिक्रिया जनाएनन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: