Loktantra Khabar National Weekly
Ad

एक्समा १० लाख जागिरको विवरण, लिंक्डइनलाई पछार्ने मस्कको योजना

लोकतन्त्र खबर
१६ फाल्गुन २०८०

माइक्रो ब्लगिङ साइट एक्सको मालिक भएसँगै अर्बपति एलन मस्कको नजर माइक्रोसफ्टको सोसल मिडिया प्लाटर्फम लिंक्डइन माथि छ । यद्यपि मस्कले लिंक्डइनलाई खरिद गर्ने योजना बनाइरहेका छैनन्, उसलाई माथ खुवाउने ध्येय छ उनको ।

वास्तवमा एलन मस्क विभिन्न विश्वप्रसिद्ध प्रविधि कम्पनीहरुका मालिक मात्र होइनन् सबैभन्दा लडहवाज मानिस पनि हुन् । एलन मस्कले बेलाबेलामा यस्ता निर्णयहरु गर्छन् जसबाट आम मानिसहरु छक्क पर्नुको विकल्प हुँदैन ।

निकै महँगो मूल्यमा ट्वीटर खरिद गरेसँगै उनले यसको लोकप्रिय ब्राण्डलाई नै परिवर्तन गरी एक्स नामाकरण गरे । उनले एक्स प्लाटर्फमलाई एभ्रिथिंग एप बनाउने योजनामा छन् ।

उनी एक्सलाई आम मानिसहरुको जागिर खोज्ने ठाउँ पनि बनाउन चाहन्छन् । यसका लागि एक्स हायरिंग अकाउन्ट नै सुरुआत गरिएको छ ।

एलन मस्कले एक्स हायरिंग अकाउन्टमा एउटा यस्तो पोस्टलाई रिपोस्ट गरेका छन् जसमा दाबी गरिएको छ कि एक्समा जागिरका लागि सूचना तथा विवरण राख्ने कार्यमा कम्पनीहरुको रुची बढिरहेको छ ।

सो पोस्टमा दाबी गरिए अनुसार एक्स हायरिंगमा हालसमम १० लाख जागिरको विवरण प्रकाशित भैसकेको छ ।

स्मरण रहोस् एक्स हायरिंग सोसल मिडिया कम्पनी एक्सको जब सर्च पोर्टल हो । एक्समा जागिरको विज्ञापन गर्नेमा एआई, वित्तीय तथा सफ्टवेयर सेवा कम्पनीहरु रहेका छन् ।

पछिल्लो समयमा एक्स हायरिंगको लोकप्रियतासँगै यसको प्रतिस्पर्धा माइक्रोसफ्टको व्यवसायिक नेटवर्क प्लाटर्फम लिंक्डइनसँग हुने देखिन्छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: