Loktantra Khabar National Weekly
Ad

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल द्वारा मलंगवामा सम्वाद कार्यक्रम सम्पन्न

लोकतन्त्र खबर
१५ मंसिर २०८०

लोकतन्त्र समाचारदाता
सर्लाही,मंसिर १५

नि:शुल्क गुणस्तरीय सार्वजनिक शिक्षामा लैंगिक हिंसाको प्रभाव बिषयक एकदिने सम्वाद कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति सर्लाहीको आयोजनामा बिहीबार जिल्ला समन्वय समितिको हलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहले सार्वजनिक सिक्षाको गुणस्तर खस्किंदै गएकोमा चिन्ता व्यक्त गरेका थिए। उनले यसलाई सुधार गर्न स्थानिय पालिकाले नियमित रुपमा अनुगमन गर्नुपर्ने बताए ।

यस्तै कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले अधिकांश लैंगिक हिंसाका घटनाहरु घर ,स्कुल तथा कार्य स्थलमा हुने गरेकोले यसलाई न्युनिकरण गर्न आ-आफ्नो स्तर र ठाउँबाट लाग्न सुझाव दिए।

अभियानका जिल्ला संयोजक राजेश पासवानको अध्यक्षतामा सम्पन्न भएक कार्यक्रममा नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी ,महिला अधिकारकर्मी ममता साह ,मानव अधिकार कर्मी मुकेश मिश्र , समाजिक अभियन्ता सुन्दर श्याम यादव ,बिरेन्द्र गुप्ता ,रन्जना देउवा ,शुसिला ठाकुर ,राम गुलाम मा बि भाँडसरका प्राधानाध्यापक मनोज कुमार कुशवाहा लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: