Loktantra Khabar National Weekly
Ad

मधेशमा बढ्दै मानव बेचबिखनको घटना

लोकतन्त्र खबर
१४ मंसिर २०८०

दुई दिन अघि मात्रै पाँचजना महिलालाई यौन धन्दामा लगाएको आरोपमा सप्तरी प्रहरीले दुईजना गेष्ट हाउसका संचालकलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । गत १० मंसिरमा राजविराजका नगर पालिका–३ मा रहेका लक्ष्मी गेष्ट हाउसका सञ्चालक ५७ वर्षीय अरुणचन्द्र मिश्र र सप्तरी महादेवा गाउँपालिका–२ का ४१ वर्षीय रामप्रकाश मण्डललाई प्रहर ीले पक्राउ गरेको थियो ।

प्रहरीले गोप्य सूचनाको आधारमा गेष्ट हाउसमा छापा मारी सञ्चालक मिश्र र म्यानेजर मण्डललाई पक्राउ गरेको थियो । सप्तरी प्रहरीका अनुसार मिश्र र मण्डलले २५ देखि ३५ वर्ष उमेर समूहका पाँच महिलालाई जबर्जस्ती यौन धन्दा गराउनका लागि लामो समयदेखि गेष्ट हाउसमा राखेका थिए । फेला परेका ती महिलाहरुमा एक जना सुनसरी र बाँकी ४ जना सप्तरी जिल्लाकै थिइन ।

पक्राउ गरिएका दुईजनामाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको मुद्दा दायर गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ढुण्डीर ाज न्यौपानेले जानकारी दिए । उनले आर्थिक प्रलोभन देखाइ ती महिलाहरुसँग जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाइएको प्रार म्भिक अनुसन्धानमा देखिएको बताए ।

यो एउटा प्रतिनिधि घटना मात्रै हो । तर फेसबुक, इमो, व्याटसएप लगायतका सामाजिक सञ्जालमार्फत पछिल्लो समय मधेश प्रदेशमा मानव बेचबिखन लगायतका घटना बढ्दै गएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा मधेश प्रदेशमा जिल्लाहरुमा ४१ वटा मानव बेचबिखनका घटनाहरु प्रहरीमा दर्ता भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा १२, आर्थिक वर्ष २०७८/७९ मा ११, आर्थिक वर्ष २०७९/८० मा १३ वटा मानव बेचबिखनका घटनाहरु दर्ता भएका छन् । त्यसैगरि, चालु आर्थिक वर्षको कार्तिक मसान्त सम्ममा ५ वटा घटना दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्याम कुमार महतोले जानकारी दिए । त्यस्तै मानव बेचबिखन घटनामा संलग्न रहेको आरोपमा आर्थिक वर्ष २०७७/०७८ मा १६, आर्थिक वर्ष २०७८/७९ मा १०, आर्थिक वर्ष २०७९/८० मा १२ वटा र चालु आर्थिक वर्ष २०८०/०८१ को कार्तिक मसान्तसम्म गरी ५४ जनालाई पक्राउ गरिएको छ । मधेश प्रदेशमा मानव बेचनबिखन न्यूनीकरणको क्षेत्रमा माइती नेपाल, आफन्त नेपाल, शान्ति पुनःस्थापना गृह, साना हात नेपाल लगायतका संघसंस्थाहरुले काम गरिरहेको छ ।

ती संस्थाहरुका अनुसार मधेश प्रदेशका वार्षिक रुपमा करिब एक हजार महिलालाई सीमावर्ती क्षेत्रबाट उद्धार गर्ने गरिएको छ । माइती नेपालले पर्साको बीरगञ्ज, धनुषाको बस पार्क र सर्लाहीको मलंगवा नजिक सीमावर्ती क्षेत्रहरुबाट भारततर्फ बेच्न लगिरहेकाहरुलाई उद्धार गर्ने गरेको छ । माइती नेपालका एक कर्मचारीका अनुसार जनकपुर बस पार्कबाट मात्रै महिनामा १५ देखि २० जना महिलालाई उद्धार गर्ने गरिएको छ । माइती नेपालले वार्षिक रुपमा अढाई सयदेखि ३ सय सम्मलाई उद्धार गर्ने गरेको छ । यस हिसाबले मधेश प्रदेशमा मानव बेचबिखनको अवस्था भयावह रहेको छ ।

मधेश प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपर ीक्षक महतोले पनि मधेश प्रदेशका मानव बेचबिखनको घटना प्रहरीमा दर्ता कम भए पनि अवस्था त्यो भन्दा फरक रहेको बताउँछन् । आर्थिक प्रलोभन, वैवाहिक प्रलोभन, विदेश पठाउने बहाना, यौन शोषण, श्रमशोषण लगायतका कारण मानव बेचबिखनको घटना बढेको उनले बताए । खेलकुद तथा समाज कल्याण मन्त्रालयकी उपसचिव देविका खत्रीले पनि मधेश प्रदेशमा मानव बेचबिखनको घटना प्रहरीहरुमा दर्ता भएको भन्दा फरक अवस्था रहेको बताइन ।

प्रदेशमा मानव बेचबिखनको घटना बढिरहे पनि प्रदेश सरकारले भने यसलाई नियन्त्रण तथा न्यूनीकरणमा खासै गम्भीर देखिएको छैन् । यस्ता विकृति रोक्न प्रदेश सरकारले खासै पहल गर्न नसकेको छैन । उपसचिव खत्रीले पटक पटक मन्त्रालयको नाम फेरिने भएकोले यस विषयमा प्रदेश सरकारले खासै काम गर्न नसकेको स्वीकार गर्छिन । दक्षिण एशियाली विकास बैंकको सहयोगमा प्रदेश सरकारले एक सय बेडको दिर्घकालीन पुनःस्थापना केन्द्र महोत्तरीको बर्दिवासमा प्रदेश सरकारले निर्माण गर्न लागेको उनले बताइन ।

प्रतिक्रिया दिनुहोस्: