Loktantra Khabar National Weekly
Ad

एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

लोकतन्त्र खबर
१३ मंसिर २०८०

काठमाडौं   मंसिर १३,  मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ ।

एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

कम्पनी स्रोतका अनुसार आजियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ ।

हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत सेयर छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

एनसेलको सेयर ७ वर्ष अगाडि अजिएटाले किनेको थियो । अजिएटालाई स्वीडेनको टेलिया सोनेराले सेयर बेचेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: