Loktantra Khabar National Weekly
Ad

२ जना मृतावस्थामा फेला

लोकतन्त्र खबर
१२ मंसिर २०८०

काठमाडौं । सिन्धुपाल्चोक र भक्तपुरमा दुई जना मृतावस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ भष्मेस्थित आलपाङ खोलाको किनारमा अन्दाजी ४२ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी भक्तपुरको भक्तपुर नगरपालिका-८ च्यामासिह डेरा गरी बस्ने सिन्धुली झागाझुली रातमाटे गाउँपालिका-४ घर भएका ३९ वर्षीय उद्धव श्रेष्ठ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको  छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: