
काठमाडौँ । पानीको बोतलमा किरा भेटिएपछि काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरले सोमबार ए. एण्ड वि वेमरेज इन्ड्रस्टिजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको हो ।
महानगरले गरेको अनुगमनका क्रममा ए।एण्ड वि वेमरेज इन्ड्रस्टिजद्वारा प्याकेजिङ पानीको बोतलमा किरा भेटिएको हो ।
उक्त जरिवाना सात दिनभित्र बुझाउन महानगरले निर्देशन दिएको छ । सो समयभित्र जरिवाना रकम नबुझाए थप कारबाही गर्ने महानगरले चेतावनी दिएको छ । रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्: