Loktantra Khabar National Weekly
Ad

मलंगवामा नवौं उद्योग दिवस मनाइयो/ ५ जना उत्कृष्ट उद्योगी व्यवसायीहरु सम्मानित

लोकतन्त्र खबर
१० मंसिर २०८०

लोकतन्त्र समाचारदाता
सर्लाही,मंसिर १०

‘स्वदेशी उत्पादन अभियान,उद्यमीको सम्मान ’ भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीले नवौं उद्योग दिवस मनाएको छ।

कार्यालय प्रमुख जितेन्द्र किशोर गुप्ताको अध्यक्षता तथा उद्योग वाणिज्य संघ मलंगवाका सदस्य नविन कुमार झाको प्रमुख आतिथ्यतामा शनिवार मलंगवा नगरपालिका वडा न-८ स्थित कार्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि उद्योग दिवस मनाइएको हो।

दिवसको अवसरमा जिल्ला भरीबाट छानिएका ५ जना उत्कृष्ट उद्योगी,उद्यमी,व्यवसायी तथा लघु उद्यमीहरुलाई सम्मान गरिएको थियो।उनीहरूलाई कार्यालय प्रमुख गुप्ताले गमछ र टिसर्टका साथ टीका लगाएर सम्मान गरेका थिए।

आर्थिक वर्ष २०७९/०८० मा यस घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा सबैभन्दा बढी कृषि तथा बन जन्य उद्योग र सबैभन्दा कम निर्माण सम्बन्धि उद्योग दर्ता भएका छन। कृषि तथा बन जन्य उद्योग ५९१,सेवामूलक २३०,उत्पादन मुलक ९६ र निर्माण सम्बन्धि ३ वटा गरि जम्मा ९२० वटा उद्योग व्यवसाय दर्ता भएको प्रमुख गुप्ताले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: