Loktantra Khabar National Weekly
Ad

राँगाको आक्रमणबाट वृद्धको मृत्यु, १ दर्जन बढी घाइते

लोकतन्त्र खबर
८ मंसिर २०८०

रौतहट । रौतहटको कटहरिया नगरपालिका ९  डुमरियामा राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ।

आफ्नो घरमै रहेको अवस्थामा एक्कासि बुधवार साँझ राँगाको आक्रमणबाट घाइते भएका कटहरिया ९ डुमरिया गाउँका ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल बिरगंजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही राँगाको आक्रमणमा परी पटक पटक गरेर  १ दर्जन भन्दा बढी मानिस  घाइते भएका छन् । स्थानीय समाजसेवी बच्चालाल यादवका अनुसार आक्रमणबाट राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास महरा लगायत १ दर्जन बढी मानिस घाइते भएका हुन् ।

अतिनै खुंखार प्रवृत्तिको उक्त राँगा नियन्त्रण गर्न पटक पटक गाउँलेहरूले आग्रह गर्दा  अध्यक्ष रुपेश यादव र मेयर अजय प्रकाश जैसवालले वास्ता नगरेको कारण मानिस मृत्यु हुन पुगेको स्थानीयको गुनासो छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: