Loktantra Khabar National Weekly
Ad

महोत्तरीबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ

लोकतन्त्र खबर
८ मंसिर २०८०

जनकपुरधाम  मंसिर ८, महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वषर्ीय अनिल चौधरी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको जनाएको छ ।

दुवै जनालाई बरामद रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: