Loktantra Khabar National Weekly
Ad

विराटनगरको सीमावर्ती क्षेत्रमा १९६ किलो गाँजा बरामद

लोकतन्त्र खबर
७ मंसिर २०८०

विराटनगर मंसिर ७ , विराटनगरबाट प्रहरीले १९६ किलो गाँजा बरामद गरेको छ । बिहीबार बिहान करिब ३ बजे सीमावर्ती क्षेत्रबाट १९६ किलो गाँजा बरामद गरेको हो ।

विराटनगर महानगरपालिका–१८ बाट गाँजा बरामद भएको प्रहरीले बताएको छ । कारोबारी भने नभेटिएको प्रहरीले बताएको छ ।

प्लाष्टिकको झोलामा पोको पारेर खेतमा परालभित्र लुकाएको अवस्थामा गाँजा बरामद भएको थियो ।

कारोबारीको खोजी भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । भारत लैजानका लागि खेतमा लुकाएर राखेको हुनसक्ने प्रहरीको आकलन छ ।

कोशी प्रदेशको पहाडी जिल्लामा गाँजा खेती हुन्छ । उत्पादित गाँजा कारोबारीले भरिया प्रयोग गरेर मोरङ र सुनसरीको भित्री बाटो हुँदै भारत लाने गरेका छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: