Loktantra Khabar National Weekly
Ad

मलंगवाबाट अवैध चाँदीका गरगहना सहित एक पक्राउ

लोकतन्त्र खबर
२४ कार्तिक २०८०

लोकतन्त्र समाचारदाता
सर्लाही,कात्तिक २४

सर्लाही प्रहरीले मलंगवा नगरपालिका वडा न-९ स्थित टावर चौक सडक खण्डबाट १ किलो ९ सय ५० ग्राम अबैध चाँदीको गरगहना सहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ ।

बिहीबार बिहान ७ बजेको समयमा टावर चौक स्थित सडक खण्डमा भारतको सोनवर्षाबाट साइकलमा सवार भएर मलंगवा तर्फ आउँदै गरेको सोनवर्षा थाना ग्राम पञ्चाय बसतपुर-७ वस्ने राजन दासको छोरा वर्ष १९ को लभ कुमार दासलाई शंका लागेर चेकजाँच गर्दा निजको सो मात्र बराबरको विभिन्न चाँदीको गरगहनाहरु बरामद भएको प्रहरीले बताएको छ।

दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: