
जाजरकोट केन्द्र भई गएको भूकम्पका पीडितहरूलाई सहयोगका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै संघीय मन्त्रीहरूले एक महिनाको तलब दिने भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मले एक महिनाको तलब दिने निर्णय गरेको हो।
‘प्रधानमन्त्रीलगायत मन्त्रिपरिषदका सबै सदस्यहरूले भूकम्पपीडितलाई सहयोग गर्न एक महिनाको पारिश्रमिक दिने भन्ने निर्णय भएको छ,’ सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्: