Loktantra Khabar National Weekly
Ad

पाँच राउण्ड गोलीसहित दुईजना पक्राउ

लोकतन्त्र खबर
२३ कार्तिक २०८०

सप्तरीको खडक नगरपालिका ११ बाट २ जना राईफलमा प्रयोग हुने गोलीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिरहाको लक्ष्मीपुर पतारी २ का १९ वर्षीय धर्मजीत यादव र १८ वर्षीय हरिशंकर यादव रहेका छन् । हुलाकी सडकखण्ड अन्तर्गत खडक नगरपालिका ११ बनौली खण्डमा चेकजाँचको क्रममा खटिएका इलाका प्रहरी कार्यालय कल्याणपुरको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको छ ।

धर्मजीतको साथबाट राईफलमा प्रयोग हुने (३०३) को ५ राउण्ड गोली बरामद भएको तथा उनीसंगै रहेका हरिशंकरलाईसमेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए । उनीहरुलाई बुधबार नै हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: