Loktantra Khabar National Weekly
Ad

सुनचाँदीका गरगहना र नगदसहित ३ जना पक्राउ

लोकतन्त्र खबर
२३ कार्तिक २०८०

भारतीय सीमा नजिक पर्ने सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ खाँडो खोला क्षेत्रबाट सुन चाँदीका गरगहना र भारतीय रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाण्डु महानगरपालिका वडा नम्बर १० का १६ वर्षीय रिकेश श्रेष्ठ, लमजुङ्गको राइनास गाउँपालिका २ का १८ वर्षीय रोशन शाही ठकुरी र रामेछापको सुनपाती गाउँपालिका ६ का १७ वर्षीय उत्सव पाण्डे रहेका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट तिलाठीबाट खटेको टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरुमाथि शंका लागि चेकजाँच गर्दा उनीहरुले बोकेको झोलाबाट ३१ ग्राम सुन र १ सय ८८ ग्राम चाँदीको गरगहना बरामद गरेको छ ।

यस्तै उनीहरुको साथबाट ४ थान मोवाइल तथा भारतीय रुपैयाँ ३ लाख ५५ हजार ३ सय ५१ (नेपाली रुपैयाँ ५ लाख ६८ हजार ५ सय ६३) समेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं.६ गण हेडक्वाटरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन राज विष्टले जानकारी दिए । उनीहरु ३ दिन अघि नै पक्राउ परे पनि अनुसन्धानका लागि पठाइएको इटहरीस्थित राजश्व अनुसन्धानका कार्यालयबाट बुधवार मात्र सुन चाँदी र त्यसको तौल पुष्टी भएको विवरण प्राप्त भएकाले ढिलो गरी घट् ना विवरण सार्वजनिक गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: