Loktantra Khabar National Weekly
Ad

सिरक डसना बनाउन मेसिन लिएर गाउँ गाउँ डुल्दै भारतीय धुनिया

लोकतन्त्र खबर
२३ कार्तिक २०८०

मनोज यादव
सर्लाही,कात्तिक २३

हिउँद सुरु भएसँगै सर्लाहीका गाउँ गाउँमा सिरक,डसना बनाउन भारतीय धुनियाहरू डुल्न थालेका छन् । उनीहरू ४-५ जनाको समूह बनाएर ट्याक्टरसँग जडान गरिएको सुती कपडालाई रुवा बनाउने मेसिन लिएर हिड्न थालेका छन।

भारतको विभिन्न ठाउँबाट आएका धुनियाहरु यतिबेला जिल्लाको प्रत्येक गाउँको घरघरमा मेसिनसहित पुगिरहेका छन् । मलंगवा बजारमा भेटिएका धुनियाहरुको एक समूहले गएको एक महिनादेखि मेसिनबाट सुती कपडालाई रुवा बनाएर सिरक डसना बनाउँदै आइरहेको बताएका छन् ।

ट्याक्टरमा सुतीका थोत्रा कपडा मिक्सिङ(फिटेर) गरेर रुवा बनाउने मेसिन लिएर हिडेको उनीहरूले टिमले दैनिक १५ हजार बढि कमाइ गर्दै आएको बताउँछन् । उनीहरू भारतबाटै सिरक,डसना , सिरानीका पल्ला र खोल समेत लिएर आउने गरेको बताएका छन् ।

सिलाइकोलागि चाहिने सियो धागो पनि उतैबाट ल्याउने गरेको उनीहरूले बताएका छन् ।सुतीका साडी, सिरकका खोल तथा सुतीका सबैखाले पुराना कपडा मिसिनमा हालेपछि रुवा भएर निस्कन्छ। त्यसैबाट सिरक,डसना र सिरानी बनाइन्छ ।

प्रत्येक घरमा वीसौं वर्ष पुराना कपडाहरू त्यतिकै थन्काएर राखिएका हुन्छन् ।गाउँमा मेसिन आएपछि प्रत्येक घरले पालो कुरेरै भएपनि सिरक,डसना बनाउने गरेको मलंगवा -२ की एक गृहणी संझा यादवले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्: