Loktantra Khabar National Weekly
Ad

देशको अवस्था भद्रगोल भई सक्दा पनि मधेश प्रदेश सरकार र केन्द्र सरकार भ्रष्टाचारमा लिप्त भएको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.राउतको आराेप

लोकतन्त्र खबर
२१ कार्तिक २०८०

मनोज यादव
सर्लाही,कात्तिक २१

सर्लाहीमा विभिन्न पार्टी परित्याग गर्दै सयौंको संख्यामा नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।यसै अवसरमा मलंगवा निवासी समाजसेवी डा.गुणेश्वर झा पनि पार्टी प्रवेश गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेका छन् ।डा.झा लाई पार्टीका राष्ट्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डा.चन्द्रकान्त राउत (सिके राउत)ले फुलमाला र अवीर लगाएर पार्टीमा स्वागत गरेका हुन्।

जनमत पार्टी कबिलासी नगर समितिले कबिलासी नगरपालिकाको वडा न- ८ कबिलासीमा आयोजना गरेको वृहत् पार्टी प्रवेश तथा आमसभामा विभिन्न पार्टी परित्याग गरि ३ सय भन्दा बढि नेता कार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् ।नवप्रवेश नेता कार्यकर्ताहरुलाई राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अविरको टीका लगाएर पार्टीमा स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका थिए।

जिल्लाको कविलासीमा जनमत पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधिसभा सदस्य डा.राउतले जनताका समस्या जस्ताको त्यस्तै रहेकाले आफुहरूले संघर्षका कार्यक्रम जारी रखेको बताए छन् ।प्रर्याप्त बहुमत नभएको कारण मधेश प्रदेशमा आफूहरुले राम्रो काम गर्न खोजेर पनि गर्न नसकेको उनले बताएका छन् ।

आफूहरुले कृषिको क्षेत्रमा राम्रो गर्ने प्रयास गर्दा गर्दै जिम्मेवारीबाट हटाएको बताए । आफूहरुले जनताको मन जित्ने काम गरेकोले अरु पार्टी त्रसित भएको बताए ।उनले गाउँगाउँमा किसानका लागि मल कारखाना खोल्ने कृषि डाक्टरहरु पठाउने योजना बनाई रहेको बेला आफ्नो पार्टीबाट मन्त्री भएका नेतालाई जिम्मेवारीबाट हटाएर विना विभागिय बनाइएको आरोप लगाए । देशको अवस्था भद्रगोल भई सक्दा पनि मधेश प्रदेश सरकार र केन्द्र सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आराेप थियो ।

उनले अहिले लाखौं युवाहरु विदेशिन बाध्य भएको र स्वदेशमै भएकाहरु पनि दिनदिनै आत्महत्या गर्न बाध्य भएको भन्दै दु:ख व्यक्त गरे ।
यहाँका नागरिक ,किसान, मजदुर आत्महत्या गर्न बाध्य भईसक्दा पनि शासकलाई कुनै मतलव नभएको,बरु देश लुट्न मस्त रहेको उनको तर्क थियो । उनले मधेश प्रदेशका अर्थमन्त्रीलाई लक्षित गर्दै अर्थमन्त्रीले कुनै पनि योजना दिँदा सुरुमै कमिसन जम्मा गर्न लगाएको बताए ।

उनले जनताको हक अधिकार स्थापित गराउन जनमत पार्टीले संघर्षको लडाई लडी नै रहकाले आगमी २०८४ सालमा हुने आम चुनावमा जनमत पार्टीलाई मधेश प्रदेशमा दुई तिहाई र केन्द्रमा निर्णायक सिटमा जिताउन आग्रह गरे ।

पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य श्रीचन यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका महासचिव तथा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले, प्रदेश सभा सदस्य हसिना खातुन, पुर्व कृषि राज्यमन्त्री तथा वर्तमान प्रदेश सभा सदस्य संजय यादव, जनमत पार्टीका प्रवक्ता डा.शरद यादव,केन्द्रीय कार्यकारिणी सदस्य संजय कुमार सिंह,केन्द्रीय सदस्य,विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य प्रत्यासीहरु लगायतका अतिथिहरुले सम्बोधन गरेका थिए।

सोही अवसरमा कार्यक्रमका आयोजक कबिलासी नगर समितिले एक क्विन्टलको माला पहिर्याएर राष्ट्रिय अध्यक्ष डा.राउतलाई जिल्लामा स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: