Loktantra Khabar National Weekly
Ad

विद्यालयमै प्रधानाध्यापक साह मृत फेला

लोकतन्त्र खबर
२० कार्तिक २०८०

विद्यालयमै पासो लागेको अवस्थामा एक प्रधानाध्यापक मृत फेला परेका छन् ।

सिरहाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजीव कुमार साह आफ्नै विद्यालयमै पासो लागेको अवस्थामा मृत फेला परेका छन् । विद्यालयमा प्रधानाध्यपकको खोजी भएपनि धेरै समयसम्म फेला नपरेपछि खोज तलास गर्ने क्रममा आफ्नै विद्यालयको तेस्रो तल्लामा रहेको सभाहलमा पासो लागेको अवस्थामा उनको शव भेटिएको छ ।

आइतबार बिहान विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान कैची गेटको साँचो मागेका थिए । आफू रिचार्ज कार्ड किनेर आएपछि प्रअलाई खोजी गर्दा नभेटेपछि कतै गएका होलान भन्ने ठानेर खोजी नगरेको उनले बताए । केही बेरमा कैची गेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा साहको शव फेला परेको त्यहाँ कार्यरत एक शिक्षकले बताए ।

यता घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: