Loktantra Khabar National Weekly
Ad

क्रिकेटमा शतक प्रहार गर्ने खेलाडीलाई डिशहोमले १० लाख दिने, पाँच विकेट लिनेलाई ५ लाख

लोकतन्त्र खबर
१७ कार्तिक २०८०

काठमाडौं । डीटीएच, इन्टरनेट तथा आईपीटिभी सेवाप्रदायक डिशहोमले आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरूलाई नगद पुरस्कारको घोषणा गरेको छ ।

यस अनुसार एकै खेलमा शतक र पाँच विकेट लिने खेलाडीलाई डिशहोमले २० लाख रुपैयाँ दिने भएको छ । त्यस्तै शतक प्रहार गर्ने खेलाडीले १० लाख र एकै खेलमा पाँच विकेट लिने खेलाडीले पाँच लाख रुपैयाँ पाउने भएका छन् ।

त्यस्तै अर्धशतक बनाउने खेलाडीले एक लाख, कम्तीमा तीन विकेट लिने खेलाडीले एक लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा तीन क्याच वा स्टम्पिङ गरे ५० हजार रुपैयाँ पाउने कम्पनीले जनाएकाे छ ।

काठमाडौंमा जारी उक्त प्रतियोगितामा नेपाल सेमिफाइनल पुगिसकेको छ ।

नेपाली क्रिकेट खेलाडीहरूका हरेक रन, हरेक विकेट र हरेक माइलस्टोनलाई सम्मान गर्दै हरेक इनिङमा नेपाली खेलाडीहरूको हौसला बढाउन नगद पुरस्कारको घोषणा गरिएको डिशहोमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: