Loktantra Khabar National Weekly
Ad

नेपाली कांग्रेस सर्लाहीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

लोकतन्त्र खबर
१५ कार्तिक २०८०

मनोज यादव
सर्लाही,कात्तिक १५

आउँदै गरेको दिपावली तथा छठ पर्वको अवसर पारेर नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सर्लाही क्षेत्र न-२ ले जिल्लाको सदरमुकाम मलंगवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

मधेस प्रदेश सभा सदस्य एवं क्षेत्रीय कार्यसमितिका सभापति कौशल किशोर रायको अध्यक्षता तथा पुर्व सांसद एवं पार्टीका पुर्व जिल्ला सभापति लक्षमण रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादव,कबिलासी न.पा का मेयर ब्रम्हदेव राय,विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव,पर्सा गा.पा का अध्यक्ष धिरेन्द्र यादव,कौडेना गा.पा का अध्यक्ष रुपेश कुमार यादव,पुर्व सांसद भिखारी मंसुर , पुर्व सांसद ब्रह्म नारायण चौधरी ,विनोद खनाल,सुशील शर्मा लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए।

मलंगवा स्थित महेन्द्र होटलमा आयोजना भएको कार्यक्रममा सर्लाही जिल्लाबाट निर्वाचित स्थानिय तह र वडाका जनप्रतिनिधि, क्षेत्रिय पदाधिकारी तथा सदस्य, प्रदेश सभा क्षेत्रीय कार्य समिति पदाधिकारी तथा सदस्य, पालिका र वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा नेपाली काँग्रेसबाट निर्वाचित भएका सर्लाहीका विभिन्न स्थानीय तहका प्रमुखहरुलाई क्षेत्रीय सभापति रायले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

नेपाली काँग्रेसले बिपी कोइराला वि.सं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि वि.सं २०३४ देखि सुरु गरेको चियापान कार्यक्रमलाई वि.सं २०३८ सम्म बिपीले निरन्तरता दिएका थिए ।

त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएको छ।कांग्रेसले बडादसैँ,दिपावली र छठ पर्वको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

कार्यक्रमको संचालन शिक्षक विरन्ची प्रसाद साहले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: