
काठमाडौं कात्तिक १४, नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागार, सुन्धाराको विद्युत् लाइन काटिदिएको छ ।
लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै मंगलबार प्राधिकरणका कर्मचारीले विजुलीको लाइन काटिदिएका हुन् ।
कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलका अनुसार, कारागारजस्तो संवेदनशील ठाउँ विजुली कटौती हुँदा राति कुनै घटना भए समस्या हुने स्थिति सिर्जना भएको छ ।
‘राति कैदीबन्दीले कुटाकुट गरे, भागे वा अरु समस्या भयो भने परिस्थिति नियन्त्रणमा लिनै असहज हुने स्थिति हुने भयो’, उनले अनलाइनखबरसँग भने, ‘कारागारजस्तो ठाउँमा विजुली काट्दा समन्वय गर्नुपर्नेमा प्राधिकरणले पनि गरेन ।’
प्रतिक्रिया दिनुहोस्: