Loktantra Khabar National Weekly
Ad

माध्यमिक तहको शिक्षकको नतिजा सार्वजनिक, ७१८ जना स्थायी नियुक्तिका लागि सिफारिस

लोकतन्त्र खबर
१४ कार्तिक २०८०

काठमाडौं  कात्तिक १४, शिक्षक सेवा आयोगले माध्यामिक तहमा ७१८ शिक्षक सिफारिस गरेको छ ।

आयोगले माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताबाट छनौट भएका शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगले अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका उम्मेदवारहरुको नाम स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेर पठाएको जनाएको छ ।

आयोगले मावि तहको शिक्षक पदको लागि २५ पुस २०७९ सालमा विज्ञापन खुलाएको थियो । विज्ञापन अनुसार १८ चैत २०७९ सालमा सामान्य परीक्षा र ९ असार २०८० मा विषयगत परीक्षामा सफल उम्मेदवारको गत असोजमा अन्र्तवार्ता सञ्चालन गरेको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: