Loktantra Khabar National Weekly
Ad

कौडेना गाउपालिकाका अध्यक्ष माथि गोली चलाउनेलाई पक्राउ गर्न प्रशासनलाई ज्ञापन पत्र

लोकतन्त्र खबर
१० कार्तिक २०८०

बखतियार अलि
सर्लाही १० कार्तिक । सर्लाही जिल्लाको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार माथि कार्तिक १४ गते मंगलबार राती ११ बजेतिर अज्ञात समुहद्वारा गोली प्रहार गरिएको थियो ।

सोही घटनाका दोषीलाई यथासिघ्र पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई सर्लाही क्षेत्र नं. २ का प्रदेश सभासदस्यद्धय जंगीलाल राय तथा कौशल किशोर राय सहितका जनप्रतिनीधिीहरुले ज्ञापन पत्र बुझाएको छ ।

यस्ता घटना घटाउने अपराधिक प्रवृतीका व्यतिmलाई तुरुन्तै हिरासतमा लिनुपर्ने बताउदै हामिले प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापन पत्र बुझाएको प्रदेश सभासदस्य कौशल किशोर रायले बताए ।

अध्यक्ष यादवको आफनै निजी निवास कौडेना गाउँपालिका वडा नं २ इनर्वा स्थित आफनै घरमा रातीको ११ बजेका समयमा १ राउण्ड गोली प्रहार भएको हो । अध्यक्ष यादवका अनुसार रातीको खाना खाएर हात धुटने क्रममा घरको पश्चिम साइडबाट गोली प्रहार भएको थियो ।

उक्त गोली प्रहारमा अध्यक्ष यादव धन्दै बचेका थिए । कसले र किन यस्तो आक्रमण गरेको हो, यस बारेमा आफुलाई केहि थाह नभएको अध्यक्ष यादवको भनाई भएपनि पालिकाका एकजना कर्मचारीका अनुसार गोली चलाउने व्यतिmको पहिचान भईसकेको उनले भने ।

घटना लगत्तै प्रहरी सो दिन घटना स्थलमा पुगेका थिए । अज्ञात व्यक्तिद्वारा चलाएको गोलीले सो दिन कुनै प्रकारको मानवीय क्षति हुन सकेन ।

यधपी अध्यक्ष यादवका परिवारजन अहिले डरत्रासमा बाचेका छन । कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारका अनुसार आफुले कहिले पनि कसैको अहित गरेको छैन । समाजसेवामै मेरो जीवन बिति रहेको छ ।

मईले कस्को के बिगारेका थिए जसले गर्दा मेरो हत्या गर्ने मन्सायले गोली चलाउनु पर्यो अध्यक्ष रुपेश कुमारले दुखि हुदै बताए । यस्ता अपराधिक घटना घटाउने व्यतिmलाई कानुनको दायरामा ल्याउनु पर्ने अध्यक्ष रुपेश कुमारले जोडदार माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले भने यस्ता अपराधिक घटना घटाउने व्यतिm केहि दिनमै हिरासतमा हुने वहाले दाबी गर्नुभयो । सर्लाही जिल्लामा अपराधिक गतिविधी अब कुनै पनि हालतमा बर्दास्त हुदैन प्रजिअ धमलाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: