Loktantra Khabar National Weekly
Ad

फेरिएको दसैँ ः पहिले स्वदेश आउँथे तर अहिले विदेश

लोकतन्त्र खबर
५ कार्तिक २०८०

अजिता चौधरी–
सर्लाही ५ कार्तिक । सर्लाहीको ईश्वरपुर बजारमा व्यवसाय गर्दै आउनुभएका ईश्वरपुर नगरपालिका–१ का राम बहादुर जोसीको छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित भारत गए ।

मलंगवाको नगरपालिका–८ का सोमपाल र बिना श्रेष्ठ पनि छोरा, बुहारी र नातिनीसँग दसैँ मनाउन सिंगापुर गए । त्यसैगरी लालबन्दीका थपलिया र थापाका सौरभ दम्पत्ति आफन्त र घरपरिवारसँग दसैँ मनाउन विदेश जाने उदाहरण मात्रै हुन् ।

पहिले–पहिले विदेश र सहरबजारबाट दसैँ र तिहार जस्ता पर्व मनाउन जन्मथलो गाउँमा फर्कने चलन थियो । अहिले भने परिवारका सदस्यसँग चाडपर्व मनाउन विदेश जाने चलन शुरु भएको छ ।

श्रीमती र छोराछोरी सहित दसैँ मनाउन खाडी पुगेका काठमान्डौंका डा श्यामबाबु चौधरी आफन्तजन सबै विदेशमा भएपछि चाडपर्वमा भेटघाट र भ्रमणको साइत जुरेको बताउछन् ।

हाम्रो परिवारमा नेपालमा हुनेभन्दा विदेशमा हुनेको सङ्ख्या बढी छ, उनले भने, आफन्त पनि धेरै विदेशमै छन् । आफन्तसँग दसैँ पनि मनाइने र भेटघाट तथा घुमघाम पनि हुने भएकाले यसपाली खाडीमा दसैँ मनाउने योजना बनायौ ।

अध्ययन, रोजगारी, व्यापार, व्यवसायको सिलसिलामा अमेरिका, अस्टे«लिया, क्यानडा तथा बेलायत खाडी भारत लगायतका मुलुकमा रहेका नेपालीले त्यहाँ पनि नेपालमा जस्तै गरी दसैँ मनाउने गरेको उनीहरुको भनाइ छ ।

नेपालबाट मौलिक भेषभुषा र बाजा मगाएर कलाकार समूहले विदेशमा नेपाली संस्कृति फैलाएका छन, उनले भने, नेपालीहरुको बाहुल्य भएका कम्पनीले नेपाली चाडपर्व मनाउन छुट्टी समेत दिने गरेका छन् । अहिले नेपाली संस्कृति विदेशमा फैलिनु सकारात्मक हो, उनले भने, यसले गर्दा नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: