Loktantra Khabar National Weekly
Ad

६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ

लोकतन्त्र खबर
५ कार्तिक २०८०

काठमाडौं  कात्तिक ५, काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।

भूकम्पले क्षति पुर्याए/नपुर्याएको बारे भने एकीन विवरण आउन बाँकी छ ।  अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: