Loktantra Khabar National Weekly
Ad

बझाङमा फेरि भूकम्पको धक्का

लोकतन्त्र खबर
२ कार्तिक २०८०

बाजुरा  कात्तिक २ , बझाङमा फेरि भूकम्प गएको छ ।

गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ ।

लगातार भूकम्प र त्यसका प्रकम्प जान थालेपछि यस सुदूरपश्चिमका बासिन्दा त्रसित बनेका छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: