
मलंगवा नगरपालिकामा करिब डेढ महिना पछि नया हाकिम आउनु भएको छ । प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमको काज सरुवा भएपछि उनको ठाउमा नया हाकिम आएको सुचना अधिकारी राजकुमार अधिकारीले जनाएको छ ।
मलंगवा नगरपालिका कार्यालयमा नया प्रमुख प्रशासकीय अधिकृतको रुपमा रणजित कुमार यादव शुक्रवार देखि पालिकामा हाजिर भएको छ ।
नया आउनु भएको प्रमुख प्रशासकीय अधिकृत यादवलाई एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख नागेन्द्र प्रसाद यादवले खादा तथा टीका लगाई स्वागत गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर भएकै दिन देखि मलंगवाको विकास, चुस्त दुरुस्त प्रशासन र सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाहको बारेमा कर्मचारीलाई निर्देशन दिएको पालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: