Loktantra Khabar National Weekly
Ad

गोकर्णेश्वरमा प्रहरीले गोली चलाउँदा एकजना घाइते

लोकतन्त्र खबर
२५ आश्विन २०८०

काठमाडौं असोज २५  , काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक समूहलाई नियन्त्रणमा लिएको छ । प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् ।

गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा प्रहरीले गोली चलाएको हो । लुटेरा समूह आएको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । सो समूहले हतियार झिकेपछि आत्मरक्षाका लागि भन्दै प्रहरी टोलीले गोली चलाएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएको र उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए । अरु तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।  अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: