Loktantra Khabar National Weekly
Ad

इजरायलबाट २५० नेपाली आज काठमाडौं आइपुग्ने

लोकतन्त्र खबर
२५ आश्विन २०८०

काठमाडौं असोज २५, युद्धग्रस्त इजरायलमा नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमान बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्दैछ ।

परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीका अनुसार इजरायलको स्थानीय समयअनुसार बिहान ११ बजेर १० मिनेटमा नेपाल वायुसेवा निगमको विमान इजरायल अवतरण गर्नेछ ।

त्यसपछि नेपाल फर्किने नागरिकलाई दुई घण्टाभित्र विमानमा राख्ने र त्यहाँको समयअनुसार १ बजेर १० मिनेटमा नेपालका लागि उडान भर्ने तालिका रहेको जोशीले जानकारी दिए ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना नेपाली फर्किने छन् ।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ विमानमा इजरायल गएका छन् । मन्त्रालयका अनुसार मन्त्री साउदको इजरायली विदेश मन्त्रालयका उच्च तहका अधिकारी र नेपाली राजदूत कान्ता रिजाललगायतसँग विमानस्थलमा भेट गर्ने कार्यक्रम रहेको छ ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: