Loktantra Khabar National Weekly
Ad

संघीय निजामती विधेयकको बिरोध गर्दै कौडेना तथा चक्रघटाका कर्मचारीद्वारा पेनडाउन

लोकतन्त्र खबर
२३ आश्विन २०८०

अजिता चौधरी
सर्लाही असोज २२ ,

संघीय निजामती विधेयकको विरोधमा सोमवार देखि सर्लाहीको कौडेना गाउँपालिका तथा चक्रघटा गाउँपालिकाका कर्मचारीहरूले   पनि  । पेन डाउन गरि हाथमा कालो पटी बाधेर आन्दोलन थालेको छ ।

संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको कौडेना गाउँपालिकाका कर्मचारी हरिनारायण साहले बताउनु भयो । साहले थप्दै भने स्थानीय तहमा स्थानीय सेवाकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्नेमा संघको कर्मचारी पठाउने प्रस्ताव विधेयकमा गरिएकाले आन्दोलन गर्न आफुहरू बाध्य भएको वहाले बताए ।

स्थानीय सेवामा कार्यरत कर्मचारीलाई समेटेर एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, करारका कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने, तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्नुपर्ने माग रहेको साहले भने ।

यस्तै कर्मचारी कल्याण कोषको व्यवस्था स्थानीय सेवाका कर्मचारीलाई हुनुपर्ने, स्थानीय कर्मचारीलाई ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तरप्रदेश सरुवा लागू गर्नुपर्ने लगायतका माग सहित स्थानीय तहका कर्मचारीहरूले आन्दोलन थालेको बताएको छ ।

कर्मचारी समायोजन ऐन अनुसार संघबाट समायोजन भएका, साविक जिल्ला विकास समिति, गाउँ विकास समितिबाट स्थानीय सेवामा समायोजन भएका कर्मचारी, लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगले नियुक्त गरेर स्थानीय तहमा खटाएको करिब ३५ हजार कर्मचारी स्थानीय सेवामा कार्यरत रहेको जानकारी दिए ।

सर्लाहीमा रहेका स्थानीय तहका कर्मचारीले पालिका प्रमुख, जनप्रतिनिधिलाई ज्ञापनपत्र बुझाएर कालोपट्टी बाँधेर काम गरिरहेको जानकारी दिए । सर्लाहीमा रहेका २० वटा स्थानीय तहका कर्मचारी आन्दोलित हुँदा दैनिक सेवा प्रवाहमा भने असर देखिन थालेको छ ।

सरकारी सेवा लिनुपर्ने पहिलो खुट्किलोको रूपमा रहेको स्थानीय तहमै कर्मचारी आन्दोलित हुँदा घटना दर्ता, सिफारिसदेखि प्रशासनिक कामहरू प्रभावित भएका छन् । कर्मचारीको आन्दोलनले दैनिक सेवा प्रवाहमा असर देखिन थालेको स्थानीयहरूले बताए ।

स्थानीय तहका कर्मचारी संग विभेदपूर्ण व्यवहार भएको एकजना कर्मचारीले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्: