Loktantra Khabar National Weekly
Ad

जब बल प्रयोगलाई लिएर प्रहरी र सशस्त्रबीच लफडा भयो…

लोकतन्त्र खबर
२३ आश्विन २०८०

काठमाडौं असोज २३, सोमबार नयाँ बानेश्वरस्थित होटल एभरेष्ट अगाडि स्थानीय तहका कर्मचारी र प्रहरीबीच घम्साघम्सी भयो ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री बताउँछन् । त्यसक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कर्मचारीमाथि लाठी चार्ज गर्यो । प्रहरी केही संयमित देखियो भने सशस्त्र प्रहरीले कर्मचारीमाथि निर्मम देखिइरहेको थियो ।

त्यहीबीच नेपाल प्रहरीका डीएसपी रोशन खड्काले प्रहरीलाई लाठी नहान्न निर्देशन दिइरहेका थिए ।

उनको निर्देशन सशस्त्र प्रहरीका अधिकारीले टेरेनन् । त्यसपछि सशस्त्र प्रहरीका अधिकारीको उनले कठालो समाते । विवाद हुने देखिएपछि अन्य अधिकारीहरुले छुट्ट्याए ।

डीएसपी खड्का त्यतिमा रोकिएनन्, उनले प्रहरीका आफ्नै कर्मचारीलाई पनि थर्काउँदै लाठी नहान्न निर्देशन दिए ।

संघीय निजामती सेवा विधेयकमा आफूहरुको माग समेटिदिन भन्दै उनीहरु १५ असोजदेखि आन्दोलनरत् छन् । उनीहरुको प्रदर्शन मंगलबार पनि जारी छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: