Loktantra Khabar National Weekly
Ad

बुटवल उवासंघमा हरि अर्याल प्यानल विजयी

लोकतन्त्र खबर
२३ आश्विन २०८०

बुटवल असोज २३, बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ ।

संघको २५ औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

१५०६ मत खसेको मध्ये अर्यालले ७७६ मत प्राप्त गर्दा श्रेष्ठले ६८९ मत प्राप्त गरे । अर्याल र श्रेष्ठ दुवै कांग्रेस निकट व्यवसायी हुन् ।

७ जना पदाधिकारीका लागि भएको निर्वाचनमा सचिव वाहेक सबै पदमा अर्याल प्यानलले जितेको छ । उद्योग उपाध्यक्षमा ७७८ मत ल्याएर सुरज भट्टराई विजयी भएका छन् । भट्टराई नेकपा एमाले निकट हुन् । उनका प्रतिस्पर्धी नवीनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे ।

महासचिवमा मुक्तिप्रसाद अधिकारी ७६० मतका साथ विजयी हुँदा प्रतिस्पर्धी बाबुराम विकले ६९८ मत पाए ।

कोषाध्यक्षमा ८०९ मतका साथ वसन्तप्रसाद ढकाल विजयी हुँदा प्रतिस्पर्धी प्रकाशकुमार श्रेष्ठले ६४४ मत पाए ।

सचिवमा अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए । गैरेले ७०७ मत पाए ।

सहकोषाध्यक्षमा ८३० मतका साथ धनकुमारी खनाल विजयी हुँदा प्रतिस्पर्धी जाकिर हुसेनले ६३३ मत पाए ।

एशोसियट सदस्यमा भने श्रेष्ठ प्यानलबाट बालकृष्ण पौडेल ७५१ मतका साथ विजयी भए ।

सदस्यहरुमा उद्योग तर्फ दिपक प्रसाद चापागाई, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्यतर्फ सदस्यहरुमा गणेश प्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टिकाराम बन्जाडे विजयी भएका छन् ।

खुल्ला सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णु प्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।

७० वर्ष लामो इतिहास भएको संघमा हालसम्म दुई कार्यकाल वाहेक अन्य सबै अधिवेशनमा कांग्रेस निकट नेवार समुदायका व्यवसायीले मात्रै जित्दै आएका थिए ।

यसपटक अध्यक्षका दुवै उम्मेदवार नेपाली कांग्रेस निकट थिए । अर्याललाई पार्टीभित्रको संस्थापन पक्षको र श्रेष्ठलाई संस्थापनइतरको समर्थन रहेको थियो ।

अर्यालले नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीलगायतका दल निकट व्यवसायीलाई समेटेर प्यानल बनाएका थिए ।

संघमा एक हजार ७७८ मतदाता रहेका छन् ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: