Loktantra Khabar National Weekly
Ad

दिगो कृषि उत्पादन तथा बजारी करण सम्बन्ध अन्तर सम्बाद हरिवन नगरपालिकामा सम्पन्न

लोकतन्त्र खबर
२२ आश्विन २०८०

अजिता चौधरी
सर्लाही  असोज २१,

दिगो कृषि उत्पादन तथा बजारी करण अनि बजार ब्यबस्थापन सम्बन्धी अन्तर सम्बाद सर्लाहीको हरिवन नगरपालिकामा सम्पन्न भएको  

नगर प्रमुख रमेश बुढाथोकीको अध्यक्ष तथा  कृषि उधमी सुनिता निमाफुकीको प्रमुख आतिथ्यतामा कृषि सम्बन्धि बृहत् छलफल तथा सम्बाद सम्पन्न भएको हो ।कार्यक्रममा नगर प्रमुख बुढाथोकीले हरिवन नगरपालिका कृषि क्षेत्रका लागि पकेट क्षेत्र रहेको बताउनु भयो

देश भरिमा सबै भनदा बढि उखु उत्पादन हुने पालिका हरिवन रहेको प्रमुख बुढाथोकीले बताए नगदे वाली, तरकारी, दूध, मह उत्पादन पशुपालन सबै खालका कृषि जन्य उत्पादनमा हरिवन नगरपालिका नम्बर स्थानमा रहेको प्रमुख बुढाथोकीको भनाइ थियो

कार्यक्रमका प्रमुख अतिथि तथा कृषि उधमि सुनिता निमाफुकीले सम्बाद कार्यक्रममा उपस्थित भएका पालिकाका दर्जन भन्दा बढि कृषि सहकारी, कृषक समूह, साना किसान, कृषक लगायत हरिवन नगरपालिकाका वडा अध्यक्षहरूलाई कृषि क्षेत्रको बिकास तथा समृद्धका लागि उत्पादन मात्र गरेर साध्य हुदैन बताउदै कृषकले उत्पादन गरेका कृषि जन्य पदार्थले बजार पनि पाउनुपर्नेमा निमाफुकीले जोड दिनु भयो

कृषकले उत्पादन संग संगै बजारीकरणका लागि समेत योजना बनाउनुपर्छ अनि मात्र कृषि मा फड्को मर्न सकने निमाफुकीले बताउनु भयो कार्यक्रममा उपस्थित किसानहरूलाई निमाफुकीले कृषिको बजारीकरण तथा उत्पादन कसरी बढाउने बिषयमा सुझावहरू   दिनुभयो

निमाफुकीको सुझाव तथा कृषिको बिकास सम्बन्धि योजनाहरू बताए पछि हरिवनका किसानहरू धेरै प्रभावित भएका थिए ।कार्यक्रमको सहजीकरण कृषि शाखा अधिकृत प्रविन तमांग सोही शाखाकी नबिना दहालले गर्नुभयो

त्यस्तै कार्यक्रमको समापन गर्दै नगरपालिकाकि नगर उपप्रमुख हरिमाया घलानले निमाफुकीको प्रशंसा गर्दै भनिन वहाले बताउनु भएको कुराहरूबाट यश पालिकाका किसानहरूले मार्ग दर्शन पाएको बताउदै समय समयमा आएर पालिकाका किसानहरूलाई सहि सल्लाह सुझाव दिन उपप्रमुख घलानले निमाफुकीलाई आग्रह समेत गर्नुभयो

प्रतिक्रिया दिनुहोस्: