Loktantra Khabar National Weekly
Ad

इजरायलमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई २ लाख राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

लोकतन्त्र खबर
२२ आश्विन २०८०

धनगढी । इजरायलमा विद्रोही समूहको आक्रमणबाट मारिएका सुदूरपश्चिमका विद्यार्थीका प्रत्येक  परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै २ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

शनिबार इजरायलमा विद्रोही समूहको आक्रमणबाट सुदूरपश्चिम विश्वविद्यालयका दश नेपालीको मृत्यु भएको थियो ।

साथै मुख्यमन्त्री शाहले मृतकका शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध पनि गरेका छन् । उनले सम्पर्कबिहीन रहेका र घाइते विद्यार्थीको उद्धार गरिदिन समेत अनुरोध गरेका छन् ।रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: