Loktantra Khabar National Weekly
Ad

त्रिवि सेवा आयोगमा नेविसंघको ताला, पदाधिकारीलाई निषेध

लोकतन्त्र खबर
१९ आश्विन २०८०

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा सत्तारुढ कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीले तालाबन्दी गर्दै पदाधिकारीलाई शुक्रबारदेखि कार्यालय प्रवेशमा समेत रोक लगाएका छन् ।

तालाबन्दीसँगै आयोग अध्यक्ष घनश्याम भट्टराई र सदस्य हेमराज ढकाललाई विश्वविद्यालयमा प्रवेशमा निधेष गरिएको नेविसंघका त्रिवि समिति सभापति विष्णु बडैलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि पनि नेविसंघ कार्यकर्ताले त्रिवि उपकुलपति कार्यालयमा लगातार तालाबन्दी गरेपनि केन्द्रीय समितिले हस्तक्षेप गरेको ताला खुलाएको थियो ।

नेविसंघले सेवा आयोगले विगतका विवादास्पद परीक्षालाई यथावत अघि बढाउन खोजेकाले अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको जनाएको छ । तोकिएको अन्तर्वार्ता लगायतका कार्यक्रम तत्काल स्थगित गरी छानबिन प्रक्रिया अघि बढाउन पनि माग गरिएको छ ।

कर्मचारी, उप्राध्यापक, सहप्राध्यापक, प्राध्यापकका परीक्षा, मूल्यांकन र नतिजामा अनियमितताबारे अख्तियारले समेत छानबिन गरेकोले त्यसलाई अघि बढाउन नहुने नेविसंघको माग छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: