Loktantra Khabar National Weekly
Ad

काठमाडौंबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

लोकतन्त्र खबर
१८ आश्विन २०८०

काठमाडौंबाट साउदी अरबको दमाम उडेको नेपाल वायुसेवा निगमको जहाज बीचबाटै काठमाडौं फर्किएको छ।

बुधबार राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल वायुसेवा निगमको आरए ४१२ जहाज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

उनका अनुसार जहाज पाकिस्तानको आकाशमा पुगेपछि ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको हो। उक्त जहाजले बिहान ४:५१ बजे पुनः त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो।

प्रवक्ता झाका अनुसार जहाजमा उडानको क्रममा अन्य जहाज नजिक आयो भने संकेत गर्ने उपकरण हुन्छ। सोही उपकरणलाई टिकास भनिन्छ।

‘सोही उपकरणमा समस्या आएपछि नेपाल एयरलाइन्सको जहाज पुन:काठमाडौं नै फर्किएको हो,’ उनले भने।

जहाजमा ९५ यात्रु थिए। उनीहरूलाई अहिले होटलमा राखिएको प्रवक्ता झाले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: