Loktantra Khabar National Weekly
Ad

ललितपुरको महालक्ष्मीमा रुख ढल्दा कार च्यापियो, बिजुलीका पोल पनि भाँचिए

लोकतन्त्र खबर
१७ आश्विन २०८०

काठमाडौं असोज  १७ , ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा ढलेको रुख हटाइएको छ । रुख ढलेपछि सडक अवरुद्ध भएको थियो ।

हिजो साँझ ५ बजेतिर ठूलो रुख एक्कासी जरैदेखि ढलेको थियो । रुखले विद्युतका पोल भाँचिएका छन् । एउटा कार पनि रुख मुनि परेको थियो । तर कारमा धेरै क्षति नभएको डिएसपी उमेश जोशीले जानकारी दिए ।

‘रुख पन्छाएर बाटो खुलाइसकेका छौं, केही विद्युतका पोल ढलेका छन्,’ डीएसपी जोशीले भने, ‘अहिले सबै अवस्था सामान्य छ ।’

गत वर्ष पनि असोज महिनामा महालक्ष्मीस्थान परिसरमा रहेको पिपलको ठूलो रुख ढल्दा घरहरुमा क्षति पुगेको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: