Loktantra Khabar National Weekly
Ad

चीनतर्फ लागे सन्दीप लामिछाने

लोकतन्त्र खबर
९ आश्विन २०८०

काठमाडौं असोज ९  ,  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन् ।

आइतबार साँझ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग भएको भेटमा सन्दीपले आफू मानसिक रुपमा तयार नभएको बताएका थिए ।

त्यही कारण सोमबारका लागि काटिएको टिकट समेत रद्द गरिएको थियो । सोमबार साँझ चन्दसँगै क्रिकेट संघका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटेका थिए ।

त्यो भेटमा पनि सन्दीपले आफूलाई गाह्रो भइरहेको बताएका थिए । फैसला जे आएपनि छिटो आए सहज हुने उनको तर्क थियो ।

पूर्व कप्तान समेत रहेका पारसले उनलाई सम्झाए । एसियाडमा क्रिकेट पदक ल्याउने सम्भावना भएको खेल भएकाले पनि सन्दीपले गएर खेल्नुपर्ने सचिव खड्काले बताएका थिए ।

यो छलफलपछि चीन जान राजी भएका सन्दीप मंगलबार बिहानै चीनतर्फ लागेका छन् ।

एसियाली खेलकुदको क्रिकेटमा नेपालले भोलि बुधबार मंगोलियासँग खेल्दै छ ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: