Loktantra Khabar National Weekly
Ad

एसियाड तेक्वान्दोमा नेपालका दुवै खेलाडी पराजित

लोकतन्त्र खबर
८ आश्विन २०८०

हान्झाउ  असोज ८ ,  १९औं एसियाडअन्तर्गत तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् ।

लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको तेक्वान्दोमा सोमबार नेपालकी अन्जली तामाङले मिश्रित प्रदर्शन गरिन् ।

महिला ४९ केजीमुनि अन्जलीले राउण्ड अफ ३२ मा जित हात पारे पनि अन्तिम १६ को खेलमा पराजित भइन् ।

महिला ४९ केजीमुनि अन्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् । पहिलो राउन्डमा ७-७ को बराबरी खेलेकी अन्जलीले दोस्रो राउन्डमा १०-४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । प्रिक्वाटरफाइनलमा भने अन्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसंग १२–०, १०–० ले पछि परिन् ।

पुरुष ५८ केजीमुनि राउण्ड अफ ३२ मा नेपालका राहुल कुमाल साउदी अरेबियाका रियाद नासेर हम्दीसँग पराजित भए ।

कुमाल साउदी अरबियाका नासिर अहमदी रियादसँग ४–१२ र २–० ले हारे ।

तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: