Loktantra Khabar National Weekly
Ad

क्यानडालीलाई भारतमा प्रवेश गर्न भिसामा रोक

लोकतन्त्र खबर
४ आश्विन २०८०

काठमाडौं । खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको मृत्युलाई लिएर भारत र क्यानडाबीचको कूटनीतिक तनाव बढ्दै गएको छ ।

यसबीच क्यानडामा भारतीय भिसा सेवा अर्को सूचना नआएसम्मका लागि निलम्बन गरिएको बताइएको छ ।

ग्लोबल भिसा आउटसोर्स सेवा प्रदायक बीएलएस इन्टरनेसनलले अपरेसनसम्बन्धी समस्याका कारण सेप्टेम्बर २१ देखि लागु हुनेगरी भारतीय भिसा सेवा अर्को सूचना नभएसम्म निलम्बित गरिएको जनाएको हो ।

कम्पनीले आफू भिसा र राहदानी प्रोसेस गर्ने एवं प्रशासनिक कामका लागि भारतीय उच्च आयोगको भरपर्दो साझेदार भएको उल्लेख गरेको छ । भारत सरकारको तर्फबाट भने, अहिलेसम्म यसको आधिकारिक पुष्टि भएको छैन ।

क्यानडाले सोमबार ब्रिटिस कोलम्बियामा भारतले आतंकवादी घोषणा गरेको निज्जरको हत्यामा भारतीय सरकारी एजेन्ट जोडिएको आरोप लगाएको छ ।

भारतले यो आरोप अस्वीकार गरेको छ । निज्जर भारतको पञ्जाबमा सिख समुदायका लागि छुट्टै देशको माग गर्ने खालिस्तान मुभमेन्टका प्रमुख हुन् । बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: